Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फ्रान्ससँग मोरक्को हारेपछि हिंसामा उत्रिए प्रशंसक

    फ्रान्ससँग मोरक्को हारेपछि हिंसामा उत्रिए प्रशंसक

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 627
    SHARES

    रवत । गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन्। फ्रान्स र बेल्जियममा झडप भएका छन्।

    फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो। नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन्।



    स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो जहाँ मोरक्कन मूलका जनसंख्याको बाहुल्यता छ।



    भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो। कतिपय स्थानमा प्रहरीले पानीको फोहरा र अश्रूग्यास प्रहार गरेको थियो । केही मोरक्को समर्थकलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

    मोरक्कोले तेस्रोका लागि शनिबार क्रोयसियाको सामना गर्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार