Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेइमारसहित ब्राजिलका तीन खेलाडीले समूह चरणको अन्तिम खेल गुमाउने

    नेइमारसहित ब्राजिलका तीन खेलाडीले समूह चरणको अन्तिम खेल गुमाउने

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 687
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ ।

    यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल पनि गुमाएका थिए ।



    ब्राजिलियन टिमका डाक्टर रोड्रिगो ल्यासमरले शुक्रबारसम्म नेइमारको चोट निको नहुने र उनले क्यामरुनसँगको खेल पनि खेल्न नसक्ने बताए ।



    चोटकै कारण नेइमारले स्वीट्जरल्याण्डसँगको खेल होटलमै बसेर हेरेका थिए । नेइमारसँगै ब्राजिलका डिफेन्डर डेनिलो र एलेक्स सेड्रोले पनि क्यामरुनसँगको खेल गुमाउने भएका छन् ।

    डेनिलोलाई पनि एङ्कलमा चोट लागेको छ । अर्का डिफेन्डर एलेक्स सेड्रो मांशपेशी बाउँडिए पछि सोमबारको खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए ।

    सोमबार ब्राजिलले स्वीट्जरल्याण्डलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । क्यारुनसँग बराबरीमात्रै खेले पनि ब्राजिल समूह विजेता बन्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार