Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिफा कतार विश्वकपका लागि साढे २४ लाख टिकट बिक्री

    फिफा कतार विश्वकपका लागि साढे २४ लाख टिकट बिक्री

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

    जसमध्ये जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ ।



    फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर्बिया, पोर्चुगलविरुद्ध उरुग्वे, कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलका लागि सबैभन्दा बढी टिकट छुट्याइएको छ ।



    अर्को चरणको टिकट बिक्री खुला सेप्टेम्बरको अन्त्यमा घोषणा गरिने फिफाले बताएको छ । अन्तिम चरणको बिक्री पश्चात कतारको दोहामा ‘ओभर–द–काउन्टर’ बिक्री पनि सुरु हुने फिफाले बताएको छ ।

    फिफाले विश्वकपको उद्घाटन खेल पूर्व निर्धारित सयमभन्दा एक दिन आगाडि सारेको छ । जसअनुसार आयोजक राष्ट्र कतारले नोभेम्बर २० आइतवार इक्वेडरबिरूद्धको खेलबाट प्रतियोगिता सुरु हुनेछ ।

    मध्यपूर्वमा आयोजना गरिएको यो पहिलो विश्वकप हुनेछ । यस क्षेत्रको चर्को गर्मीबाट बच्न विश्वकपको नियमित जुन–जुलाई तालिका परिवर्तन गरी नोभेम्बर–डिसेम्बरमा सारिएको छ ।

    विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको छ। यस्तै, फिफाले खाडी मुलुकका समर्थकले सबैभन्दा धेरै टिकट खरिद गरेको बताएको छ।

    आयोजक कतारबाहेक, क्यानडा, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, भारत, साउदी अरब, स्पेन, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिका सबैभन्दा धेरै टिकट खरिद गर्ने राष्ट्र रहेको फिफाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार