Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पश्चिम बङ्गालमा बम विष्फोट, ३ जनाको मृत्यु

    पश्चिम बङ्गालमा बम विष्फोट, ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 795
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।

    यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि परेका छन् । उनको घरमा नै बम विस्फोट गराइएको थियो ।



    भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ ।



    सो विस्फोटमा परेर उनीबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ ।

    बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार