Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र शशांक कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र शशांक कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

    संसदीय दलमा मलाई सघाउनुस् : देउवा

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

    चुनाव जितेर काठमाडौं फर्किएका कोइरालाले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासंग भेट गरेका हुन् ।



    भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।



    भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् ।

    यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार