Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप लिग–२ : नेपाललाई नामिबियाले दियो २७६ रनको लक्ष्य

    विश्वकप लिग–२ : नेपाललाई नामिबियाले दियो २७६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 618
    SHARES

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनको लक्ष्य दिएको छ ।

    वान्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनायो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले ।



    उनले एक सय ११ बलमा १५ चौका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकोल लोफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए ।



    नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । यसअघि सिरिजको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो। पहिलो खेल वर्षाले अवरूद्ध भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार