Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पत्नीको हत्या आरोपमा एक जना पक्राउ

    पत्नीको हत्या आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 507
    SHARES

    धनुषा । धनुषाको बटेश्वरस्थित आइतबार राति बञ्चरो प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    बटेश्वर गाउँपालिका–५ शान्तिपुरका वीरेन्द्र यादव पत्नी २७ वर्षीया रितादेवी यादवको हत्याको आरोपमा पक्राउ परेका हुन् ।



    बन्चरो प्रहारपछि घाइते भएकी रितालाई उपचारका लागि श्रीमान वीरेन्द्रले नै जनकपुरस्थित काव्या अस्पतालमा पुर्‍याएका थिए । सख्त घाइते बनेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।



    प्रहरी अनुसन्धानका आधारमा श्रीमान वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    आइतबार राति ११ बजे घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । वीरेन्द्र भने घटनाको बेला आफू अर्को कोठामा सुतेको प्रहरीलाई बयान दिएका थिए ।

    स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतिलाई पहिले पनि कुटपिट तथा यातना दिने गरेका थिए ।

    वीरेन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार