Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

    बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    सल्यान । बसुलो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका-५ का ४७ वर्षीय कविराम खड्का रहेका छन्।



    ४२ वर्षीया श्रीमती कली खड्कालाई बसुलो प्रयोग गरी हत्या गरेको आराेपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार