Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इँटा र भाटाले हानेर श्रीमतीको हत्या, भारत लगेर फाले झाडीमा

    इँटा र भाटाले हानेर श्रीमतीको हत्या, भारत लगेर फाले झाडीमा

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 834
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरिएको हो ।

    गत बिहीबार ७ गते श्रीमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।



    घरायसी विवादका क्रममा श्रीमान्‌ले इँटा र भाटाले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि छिमेकी भारतीय बजार जयनगर लगेको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास र अनुसन्धान गर्दा हत्या गरी भारततर्फ लगेको खुलेको थियो ।



    यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोली थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको छ ।

    मृतकका पाँच छोराछोरी छन् । प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार