Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 735
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शुक्रबार दिउँसोको समयमा हरिवन नगरपालिका–५, घुर्कौली टोलमा उक्त घटना भएको हो ।

    घराएसी कुरामा विवाद हुँदा ३५ वर्षका राम भरोश भनिने अजुर्न महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन्।



    धारिलो हतियार प्रहारबाट नैन कुमारीको टाउको र शरीर छुट्टिएको अवस्थामा पाईएको प्रहरीले जनाएको छ।



    घटनालगतै अर्जुनलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार