Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रड प्रहार गरी महिलाको हत्या, श्रीमान पक्राउ

    रड प्रहार गरी महिलाको हत्या, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा एक व्यक्तिले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

    तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्।



    मदिराले मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    घटना शनिबार राति सवा १० बजेतिरको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार