Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ओमानबाट रोजगारी गरेर ४ दिनअघि घर फर्किएका युवकले गरे श्रीमतीको हत्या

    ओमानबाट रोजगारी गरेर ४ दिनअघि घर फर्किएका युवकले गरे श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 2.5K
    SHARES

    फाइल तस्विर

    झापा । झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    जिल्लाको बाह्रदशी गाउँपालिका १ मा आज बिहान बिहान ६ः३० बजेको समयमा ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।



    राजवंशी वैदेशिक रोजगारीबाट विदामा चार दिनअघि मात्र घर आएको बुझिएको छ ।



    उनी रोजगारीका लागि ओमान गएका थिए । मृतक ममसरी भने दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसा गर्दै आएकी थिइन् ।

    घटनापछि खुकुरीसहित राजवंशीलाई पक्राउ पक्राउ गरेको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार