Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पर-पुरुषसँग सल्केको भन्दै जंगलमा लगेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    पर-पुरुषसँग सल्केको भन्दै जंगलमा लगेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 2.1K
    SHARES

    कपिलवस्तु । आफ्नै ३५ वर्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनिया रहेका छन् । उनलाई शुक्रबार बिहान बुद्धभूमि नगरपालिका-९ डुमराबाट प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीका अनुसार २०७८ असोज १७ गते दिउँसो चम्पापुरस्थित सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन ।



    गत असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।

    घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ।

    मृतक चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर भएको विवादले श्रीमतीलाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार