Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • धनुषामा गर्भवती श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    धनुषामा गर्भवती श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव /  जनकपुरधाम । धनुषामा सोमबार राति एक पुरुषले आफ्नै गर्भवती श्रीमतीको हत्या गरेको छन् । हत्याको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर ४ सपही का २९ वर्षीय सन्तोष पासवानले आफ्नै श्रीमति २३ वर्षीया प्रियंका पासवानको हत्या गरेको प्रहरीले जनाएको छ ।



    महोत्तरीको वलवा नगरपालिका वडा नम्वर ५ पुर्वारी टोल माईती रहेको प्रियंका पासवानको ६ वर्ष पहिले सन्तोष संग विवाह भएको वुवा बिनोद पासवानले बताए । उनले भने, ‘मेरी छोरी ५ महिनाकी गर्भवती थिई, यस्तो अवस्थामा पनि कुटपिट गरेर घाँटी थिचेर हत्या गरेको प्रियंकाको शरीरमा देखिएको चोटपटक र घाँटीमा देखिएको डामले स्पष्ट हुन्छ ।’



    इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको बताए । उनले राती नै आरोपी मृतक प्रियंकाको श्रीमान सन्तोष पासवानलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार