Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी, कांग्रेस र नागरिक उन्मुक्तिले सच्याए समानुपातिक सूची, एमालेको यथावत

    माओवादी, कांग्रेस र नागरिक उन्मुक्तिले सच्याए समानुपातिक सूची, एमालेको यथावत

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 579
    SHARES

    काठमाडौ. । नेकपा एमालेले समानुपातिकतर्फ पुरानै सूचीलाई यथावत राख्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

    निर्वाचन आयोगले केही क्लस्टर नमिलेको उल्लेख गर्दै पठाएको पत्रको जवाफमा एमालेले आफूले पठाएको सूची उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप रहेको दाबी गरेको हो ।



    एमालेले मंसिर २४ गते नै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको क्लस्टरअनुसार सूची पठाएको थियो । यस्तै कांग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएका छन् ।



    कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम छनोटमा त्रुटि भएको भन्दै आयोगले नाम सच्याउन पत्राचार गरेको थियो ।

    यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएको निर्वाचन आयोगले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार