Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको भन्नेलाई आर्यनको जवाफ

    ‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको भन्नेलाई आर्यनको जवाफ

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अभिनेता आर्यन सिग्देलले चलचित्र ‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको हो भनेर प्रश्न गर्नेलाई जवाफ दिएका छन् ।

    उनले दर्शकले आर्यन सिग्देललाई जस्तो चलचित्रमा देख्न रुचाएका थिए सोही चलचित्र बनेको दाबी गरेका छन् । सञ्चारकर्मीहरुले जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्दै प्रश्नसमेत गरेका थिए ।



    जसमा उनले पल शाहको कथावस्तुलाई चलचित्रमा नराखिएको दाबी गरेका छन् । चलचित्रमा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको बताए ।



    उनले भने, ‘चलचित्र राम्रो बनेको छ, प्याकेजको चलचित्र छ, आर्यन सिग्देललाई जस्तो चलचित्रमा दर्शकहरु हेर्न चाहनुहुन्थ्यो त्यस्तै बनेको छ । पल शाहको कथावस्तुलाई यो चलचित्रमा राखिएको छैन, त्यस्तो नसोच्नुहोला ।’

    बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोकालाई चित्रित गरिएको छ।

    प्रविण झा निर्देशित चलचित्रको ट्रेलरमा कतै खुल्ला र कतै सस्पेन्स छोडिएको छ।

    पुस १५ गते रिलिज हुने चलचित्रमा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार