Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२ मा आज ‘हेभिवेट’ भिडन्त, कस्ले मार्ला बाजी ?

    फिफा विश्वकप २०२२ मा आज ‘हेभिवेट’ भिडन्त, कस्ले मार्ला बाजी ?

    मेस्सीको सुखद विदाईका लागि एकतावद्ध अर्जेन्टिना

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 726
    SHARES

    काठमाडौं । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आज राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।

    साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।



    यो हुनेछ केलियन एमबाप्पेको लियोनल मेस्सीसँगको भिडन्त पनि । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो ।



    यसैक्रममा फ्रान्ससामु ६० वर्षयता पहिलोपल्ट लगातार विश्वकप जित्ने टिम हुने अवसर छ । फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो ।

    १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् ।

    विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई पटक सन् १९५८ र सन् १९६२ उपाधि जितेको छ । फ्रँन्स पनि ब्राजिलको लयमै यो पटक पनि बिजेता बन्ने प्रयासमा छ ।

    फ्रान्सको सबैभन्दा ठूलो चुनौती मेस्सीलाई रोक्नु नै हुनेछ । फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ ।

    यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन । यस्तै, लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फिफा विश्व कप २०२२ को फाइनलमा पुगेको छ ।

    ३५ वर्षका मेस्सीले यो उनको अन्तिम विश्व कप हुने घोषणा यसअघि नै गरिसकेका छन् । यतिबेला उनी आफ्नो देशलाई तेस्रो पटक विश्व कपको उपाधि जिताउन लागि परेका छन् । पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

    फेरि एक पटक मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ । सन् २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो ।

    त्यसैको बदला लिन अर्जेन्टिना २२औं संस्करणको उपाधिका जित्ने दाउमा छ भने २०१८को विजेता फ्रान्स पनि लगातार दोस्रो जित निकाल्दै उपाधि हत्याउने प्रयासमा छ । अर्जेन्टिनी टिम मेस्सीको सुखद विदाईका लागि एकतावद्ध छ ।

    २०१८ को विश्वकपमा खेलाडी प्रशिक्षकबीचको असमझदारीले मैदान भित्र र बाहिर पनि राम्रै चर्चा कमायो । टिममा भएको असमझदारीको प्रभाव २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै घर फर्कायो ।

    २०२२ कतार विश्वकपमा भने टिमको एकता बेजोड देखिएको छ । मेस्सीको अन्तिम विश्वकप रहेको भएर पनि उनीहरु टुक्रा टुक्रा नभई पहिलेकै स्थानमा एकत्रीत देखिन्छन् । मेस्सीको राम्रो विदाईका लागि टिमले निकै मिहिनेत गरिरहेको छ । उनले पछिल्ला केही वर्षमा समय र परिस्थिति अनुकुल नहुँदा सफल नतिजा निकाल्न सकेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार