Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नवनिर्वाचित सांसदको शपथ पुस ७ मा, जनमोर्चाका अध्यक्ष केसीले खुवाउनेछन् शपथ

    नवनिर्वाचित सांसदको शपथ पुस ७ मा, जनमोर्चाका अध्यक्ष केसीले खुवाउनेछन् शपथ

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 687
    SHARES

    काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी गरेको छ।

    मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २७५ जना सांसदको शपथ हुन लागेको हो।



    नयाँ सांसदको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन्।



    प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका १६५ र समानुपातिकबाट चुनिएका ११० सांसदहरुमा प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शपथ खुवाउने भएका छन् ।

    विक्रम संवत १९९८ माघ २० गते जन्मिएका केसी ८० बर्ष पुरा भएका छन् । केसी भन्दा केहि दिन र बर्षले मात्रै कान्छा सांसदहरुमा पशुपति शमशेर जवरा र महन्थ ठाकुर पनि छन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्यहरूलाई ठाकुरले शपथ ग्रहण गराएका थिए।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार