Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव निकट विद्यार्थीहरु प्रदर्शनमा

    अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव निकट विद्यार्थीहरु प्रदर्शनमा

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 726
    SHARES

    काठमाडौं । बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज प्रदर्शनी मार्गमा पार्टीनिकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले एक घण्टा चक्काजाम पनि गरेका थिए ।



    सो क्रममा विरोधमा उत्रिएका २ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लब रामशाह पथमा राखेको छ ।



    पार्टीले अध्यादेश प्रमाणीकरण हुनुपर्ने, बन्दीहरू रिहा गरिनुपर्ने, सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने माग गर्दै विभिन्न जिल्लामा पनि प्रदर्शन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार