Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

    बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 573
    SHARES

    फाइल फोटो

    बाँके । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ ।

    बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।



    आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार