Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालकोट पुगे माओवादी अध्यक्ष प्रचण्ड

    बालकोट पुगे माओवादी अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 696
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

    सत्तारुढ गठबन्धनबीच सरकार गठनमा सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि माओवादी अध्यक्ष दाहाल बालकोटस्थित ओलीको निजी निवास पुगेका हुन् ।



    प्रचण्ड पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।



    बालकोटमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष ओलीबीच छलफल चलिरहेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार