Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालकोटमा सहमति जुटे सरकारको पक्षमा कति पुग्छ संख्या ?

    बालकोटमा सहमति जुटे सरकारको पक्षमा कति पुग्छ संख्या ?

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 750
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन टुटेसँगै नेकपा एमालेले सरकार गठनको पहल सुरू गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरू गरेको हो।

    वैकल्पिक गठबन्धन निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा विभिन्न दलका शीर्ष नेता सम्मिलित बैठक बसिरहेको छ ।



    नेताहरूका अनुसार एमाले–माओवादीसहितका नेताहरु बहुमत जुटाउन लागिपरेका छन् । बालकोटमा हाल पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ ।



    जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् भने जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई ओलीसँग छलफल गरेर फर्किसकेका छन् ।

    नयाँ सरकार गठनका लागि पार्टीभित्र संस्थागत निर्णय गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि प्रवक्ता मुकुल ढकाललाई लिएर बालकोट पुगेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि केहीबेरअघि बालकोट पुगेर फर्किसकेका छन् ।

    लिङ्देनले ओलीसँग भएको छलफलबारे पार्टीमा ब्रिफिङ गरिसकेका छन् । यसैबीच केहीबेर अघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् ।

    बालकोटमा अहिले एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भइरहेको छ । नेताहरूका अनुसार एमाले–माओवादीसहितका नेताहरु बहुमत जुटाउन लागिपरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार