Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

    प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 765
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका शिर्ष नेताहरुको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।



    नेकपा माओवादीकेन्द्रका नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन सबै दल तयार भएका हुन् ।



    प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि सहमति भएको राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको र राष्ट्रपतिले दिएको ५ बजेसम्मको समय भित्र नै सरकार बनाउने दाबि पेश गर्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार