Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाहको मुद्दाबारे आज सुनुवाइ हुँदै

    पल शाहको मुद्दाबारे आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 582
    SHARES

    फाइल फोटो

    काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दामाथि सोमबार सुनुवाइ हुने भएको छ ।

    पाचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ सोमबार तनहुँ जिल्ला अदालतमा हुन लागेको हो। आजको सुनुवाइ न्यायाधीश कोमलप्रसाद आचार्यको बेञ्चमा एक नम्बरमा राखिएको छ।



    अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ।



    नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार