Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

    सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 732
    SHARES

    काठमाडौं । सन्दीप क्षेत्रीले होस्ट गर्दै आएको ‘ह्वाट द फ्लप’ बन्द भएको छ । कान्तिपुर टेलिभिजनले यो कार्यक्रमको उत्पादन र प्रसारण रोकेको हो ।

    टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।



    कान्तिपुरले भनेको छ, ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौँ । ’



    गत असार २३ गते शनिबार प्रसारित यो कार्यक्रममा नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा अतिथि बनाएपछि विवादमा परेको थियो ।

    अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको र बलात्कार जस्तो विषयमा हाँसेको भन्दै क्षेत्रीको आलोचना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार