Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मायावीबाट चलचित्र अभिनयमा कम ब्याक गर्दै पल शाह

    मायावीबाट चलचित्र अभिनयमा कम ब्याक गर्दै पल शाह

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् ।

    डेढ वर्षपछि कम ब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कम ब्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रूपमा भित्र्याइएको बताए ।



    निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधवार ‘मायावी’को घोषणा गरेका थिए । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाईँ नायिकाका रूपमा फाइनल भइसकेकी छन् ।



    फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो । फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकूल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए ।

    क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार