Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बिहान साढे ९ बजे नै मन्त्रालय पुगे गृहमन्त्री लामिछाने

    बिहान साढे ९ बजे नै मन्त्रालय पुगे गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 945
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलवार बिहान साढे ९ बजे मन्त्रालय पुगेका छन् । कार्यालय खुल्ने समय १० बजे भए पनि उनी आधा घण्टाअघि नै मन्त्रालय पुगेका हुन् ।

    गृहमन्त्री लामिछानेले मंगलवार निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्ने भएका छन् । मंगलवार बिहान मन्त्रालयका कर्मचारीसँग छलफलपछि निवर्तमान गृहमन्त्री खाँणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



    यसबीच उनले शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । गृहमन्त्री रवि मंगलवार बिहान साढे ९ बजे गृह मन्त्रालय पुगेका छन् ।



    कार्यालय खुल्ने समय १० बजे भए पनि उनी आधा घण्टाअघि नै मन्त्रालय पुगेका हुन् । मन्त्री रविले सोमवार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए ।

    गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह मन्त्रीभन्दा ढिलो हाजिर भएका छन् । सचिव सिंह बिहान ९ः५० बजे मन्त्रालय पुगेका छन् ।मन्त्री पहिल्यै आएर बसेपछि अन्य कर्मचारीले समेत हतारहतार मन्त्रालय आएर हाजिर गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार