Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सरकारमा सहभागिताबारे छलफल गर्न जसपाले बैठक बोलायो

    सरकारमा सहभागिताबारे छलफल गर्न जसपाले बैठक बोलायो

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 591
    SHARES

    काठमाडौं । नयाँ सरकार गठनसँगै जनता समाजवादी पार्टी ‘जसपा’ ले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

    पुष्पकमल दाहाल पूचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा जाने नजानेबारे छलफल गर्न बैठक डाकेको हो ।



    पुस १८/१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे टुंगो लगाउनेछ । तिबेलासम्म संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंग्याइने पसपा स्रोतले जनाएको छ ।



    सातदलीय गठबन्धनमा रहेको जसपाका १२ संघीय सांसद छन् । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् ।

    ‘पर्ख र हेर’ को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार