Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल टी–२० लिगमा लुम्बिनीको रोमान्चक तेस्रो जित

    नेपाल टी–२० लिगमा लुम्बिनीको रोमान्चक तेस्रो जित

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 996
    SHARES

    काठमाडौं । पोखरा एभेन्जर्सले पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लगातार तेस्रो हार व्यहोरेको छ ।

    टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोरेको हो ।



    लुम्बिनीको भने यो लगातार तेस्रो जित हो । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।



    लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा शाडले क्लाउड भान शाल्कविकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए ।

    पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २/२ तथा प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए ।

    लुम्बिनीले चौथो खेलमा बुधबार फार वेस्ट युनाइटेडसँग खेल्नेछ । पोखरा काठमाडौं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो । पोखराले विहीबार विराटनगरसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार