Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल टी – २० लिग : काठमाडौंको दोस्रो जित, ५३ रनले हार्यो जनकपुर

    नेपाल टी – २० लिग : काठमाडौंको दोस्रो जित, ५३ रनले हार्यो जनकपुर

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 519
    SHARES

    काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी – २० लिगमा मंगलबार जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंका लागि वान् डाउनमा क्रिजमा उत्रिएका क्लेकले ४३ बलमा चार चौका र सात छक्कासहित ८३ रनको आक्रामक इनिङ खेलेका थिए।



    उनको शानदार इनिङ र अज्मतुल्लाह ओमारजाईको उत्कृष्ट फिनिसिङमा काठमाडौंले नेपाल टी २० लिगकै ठूलो लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन मात्रै बनाउन सक्यो।



    जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक २९ तथा सन्दीप जोराले २६ र पवन सर्राफले २४ रन जोडे। काठमाडौंका लागि ओमारजाईले सर्वाधिक तीन तथा बासिर अहमदले दुई विकेट लिए।

    अन्य चार बलरले एक–एक विकेट लिएका थिए। त्यसअघि पहिलो इनिङमा ओपनर विरनदीप सिंह ३४ बलमा सात चौका र एक छक्कासहित ४९ रनमा आउट हुँदा अर्धशतक बनाउन एक रनले चुकेका थिए।

    अर्का ओपनर लोकेश बम १५ रन जोडेर पेभेलियन फर्केका थिए। यस्तै, ओमारजाईले १५ बलमा एक चौका र चार छक्कासहित ४३ रनको विस्फोटक इनिङ खेलेका थिए।

    जनकपुरका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी, जितेन्द्र मुखिया, शारफुद्दिन असरफ र आदिल आलमले एक–एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार