Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 858
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स यूनाइटेडलाई पराजित गरेको छ ।

    आज बिहान भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३–१ गोलले पराजित गरेको हो ।



    सिटीका एर्लिङ हलान्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।



    शीर्षस्थानको आर्सनलको ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स यूनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार