Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फुटबल इतिहासकै कीर्तिमानी तलबमा रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

    फुटबल इतिहासकै कीर्तिमानी तलबमा रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 597
    SHARES

    काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आधिकारिक रुपमा साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्।

    उनी सन् २०२५ सम्मका लागि उक्त क्लबमा अनुबन्धित भएका हुन् । कतारमा आयोजित विश्वकपअघि म्यानचेस्टर युनाइटेड र रोनाल्डो उनीहरुबीचको सम्झौता रद्द गर्न तयार भएका थिए। त्यसपछि उनी फ्रि एजेन्टको रुपमा थिए ।



    रोनाल्डो फुटबल इतिहासकै कीर्तिमानी तलबमा साउदी क्लबमा जोडिएका हुन्। उनले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने बताइएको छ ।



    ३७ वर्षीय रोनाल्डोले फरक मुलुकमा नयाँ लिगको अनुभव बटुल्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार