Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको नमुना हाे : राजदूत वाङ

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको नमुना हाे : राजदूत वाङ

    ऋणलाई अनुदानमा बदल्न मुख्यमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 459
    SHARES

    पोखरा । नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको नमुना भएको बताएका छन् ।

    पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत सिनले यस्तो बताएका हुन् ।



    चिनियाँ डिजाइनमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उनको भनाइ छ।



    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताए । उनले नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वास व्यक्त गरे।

    यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यस विमानाथलमा चिनियाँ एक्जिम बैंकले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ ।

    कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ४७ वर्ष पहिलेको सपना पुरा भएको बताए । उनले विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार