Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

    गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 618
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारका अर्का मन्त्री बर्खास्तमा परेका छन् ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका हुन्।



    गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेको जनाईएको छ । कांग्रेसकै सांसद खड्कालाई चुनावी प्रचारमा नहिँडेको,



    गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै पोखरेलले खड्कालाई बर्खास्त गरेको स्रोतको भनाइ छ।

    खड्का गत २०७८ साउन ८ गते मन्त्री भएका थिए। यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार