Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सुदूरपश्चिम कांग्रेस दलको नेतामा उम्मेदवारी दिँदा २५ हजार दस्तुर अनिवार्य

    सुदूरपश्चिम कांग्रेस दलको नेतामा उम्मेदवारी दिँदा २५ हजार दस्तुर अनिवार्य

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 486
    SHARES

    कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

    दलको नेता छान्न गठित ५ सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।



    निर्वाचन कार्य तालिकाअनुसार आज दिउँसो १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, १२ः ३० सम्म दाबी विरोध, १ बजे अन्तिम नामावली तयार गर्ने र २ः ३० सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।



    ३ः ३० सम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली ३ : ४५ मा गर्ने जनाइएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क २५ हजार निर्धारण गरेको छ ।

    निर्वाचन तालिका अनुसार ४ बजेदेखि ५ बजेसम्म मतदान र आजै परिणाम सार्वजनिक हुने छ ।

    दलको नेतामा ७ जना प्रदेशसभा सदस्यले आ–आफ्नै अडान कायमै राखेपछि निर्वाचनको प्रक्रियामा गएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार