Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सुदूरपश्चिममा काँग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

    सुदूरपश्चिममा काँग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 744
    SHARES

    धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

    कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री एवं प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए ।



    यसअघि ७ जना आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन् ।



    कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार