Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पेरिस फर्किएका मेसीलाई पीएसजीको भव्य स्वागत

    पेरिस फर्किएका मेसीलाई पीएसजीको भव्य स्वागत

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 612
    SHARES

    काठमाडौं । कतार विश्वकपको उपाधि जितेपछि क्लब फुटबलमा फर्किएका अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भव्य स्वागत गरेको छ ।

    गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार पेरिस फर्किएका हुन् ।



    फ्रान्स फर्किएपछि मेसी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। त्यहाँ उनलाई ब्राजिली खेलाडी नेइमारलगायतले स्वागत गरेको बताइएको छ ।



    उनी बुधबारदेखि प्रशिक्षणमा फर्किएका छन्। प्रशिक्षणमा फर्किएका मेस्सीलाई पीएसजीका सहकर्मीले गार्ड अफ अनरबाट सम्मान गरेका थिए ।

    पीएसजीले सार्वजनिक गरेको एक भिडिओमा मेस्सीले निकै प्रफुल्ल मुद्रामा टोलीसँग खुसी साटेका छन् । उनलाई पीएसजीका प्रतिनिधिले ट्रफी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार