Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रूसले घोषणा गरेको युद्धविराममा समेत युक्रेनमाथि गर्‍यो हमला

    रूसले घोषणा गरेको युद्धविराममा समेत युक्रेनमाथि गर्‍यो हमला

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 615
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा ३६ घण्टे युद्धविरामको घोषणा गरेपनि डोनेत्स्क शहरमा हमला भएको छ । युक्रेनले यसअघि नै पुटिनको युद्धविराम घोषणाप्रति अविश्वास प्रकट गर्दै आएको थियो ।

    युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जिकीर गगरेका थिए ।



    रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपील अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताउनुभएको थियो । रुसी अर्थोडक्स गिर्जाघरले जनवरी ७ तारिख (आज शनिबार) क्रिसमस मनाउने गरेको छ ।



    रुसद्वारा एकतर्फी रूपमा आह्वान गरिएको युद्धविरामको पालना युद्धग्रस्त क्षेत्रमा नभएको जनाइएको छ । युद्ध ग्रस्त क्षेत्रमा भएका आक्रमणमा रुसी र युक्रेनी पक्षले एक-अर्कालाई पहिले हमला सुरु गरेको आरोप लगाएका छन् । रुसी हमलामा परेर एक जना युक्रेनी उद्धारकर्ताको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार