Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • देशद्रोहका नाइकेलाई कानुनी कठघरामा उभ्याउने पुटिनको चेतावनी

    देशद्रोहका नाइकेलाई कानुनी कठघरामा उभ्याउने पुटिनको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 900
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमा रक्तपात मच्चाउन खोज्ने समुहका नाइकेलाई न्यायको कठघरामा उभ्याउने बताएका छन् ।

    सोमबार छोटो सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गरेका हुन् ।



    रुसको तर्फबाट युक्रेनमा लडिरहेका वाग्नर समुहका लडाकुहरुलाई भने पुटिनले देशभक्त सैनिकको संज्ञा दिए ।



    व्रिदोहको लागि मस्कोतर्फ अघि बढेका हजारौं वाग्नर लडाकुलाई रुसी सेनामा समायोजन हुने, बेलारुस जाने वा घर फर्किने विकल्प खुला रहेको पुटिनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार