Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विश्वमा खाद्यान्न अभावका लागि अमेरिका जिम्मेवार रहेको पुटिनको आरोप

    विश्वमा खाद्यान्न अभावका लागि अमेरिका जिम्मेवार रहेको पुटिनको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्धले विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन्।

    अस्ट्रियाका चान्सलर कार्ल निहेमासँगको फोन वार्तापछि पुटिनले खाद्यान्न अभावको वास्तविक कारण अमेरिका र युरोपले रुसमाथि लगाएको प्रतिबन्ध रहेको बताए ।



    सोही क्रममा कार्ल निह्माले रुसी राष्ट्रपतिसँग ४५ मिनेटको कुराकानीबारे दुवैले गम्भीर विषयमा छलफल भएको बताए । उनले राष्ट्रपतिसँग युद्धको यथार्थबारे कुरा गर्नु महत्वपूर्ण भएको बताए ।



    उनले  राष्ट्रपति पुटिनले शुक्रबार फोन कलमा रसियाले आफ्नो प्राकृतिक ग्यास आपूर्ति प्रतिबद्धताहरू पूरा गर्ने र युक्रेनसँग कैदी विनिमयमा वार्ता गर्न खुला रहेको बताएका थिए ।

    रुसले पनि ८० प्रतिशत ग्यास रुसबाट प्राप्त गर्ने अस्ट्रियालाई प्राकृतिक ग्यास आपूर्ति गर्ने आश्वासन दिएको भन्दै छुट्टै विज्ञप्ति जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार