Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय

    प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 480
    SHARES

    विराटनगर । प्रदेश १ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ता साझेदारीको औपचारिक सहमति गरेका छन् ।

    एमालेका संसदीय दलका नेता हिक्मत कार्की र माओवादीका संसदीय दलका नेता इन्द्र आङ्बोबीच सरकार गठनका विषयमा समझदारी भएको हो ।



    माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । भर्खरै सकिएको माओवादी संसदीय दलको बैठकमा एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।



    एमाले र माओवादीबीच केन्द्रमा यसअघि नै सहमति भइसकेको थियो । यससँगै एमालेका हिक्मत कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

    पहिलो चरणमा एमाले र माओवादीबाट एक-एक जना मन्त्री बनाउने सहमति पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार