Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता कार्कीले गरे दावी पेश , ६० सांसदको समर्थन

    प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता कार्कीले गरे दावी पेश , ६० सांसदको समर्थन

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 519
    SHARES

    काठमाडौं । नेकपा एमालेका हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् ।

    प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न ६० जना सांसदको समर्थनसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।



    प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।



    नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको उनलाई समर्थन छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

    नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।

    कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार