Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ मा माओवादीको असन्तुष्टि, तत्काल सरकारमा सहभागी नहुने

    प्रदेश १ मा माओवादीको असन्तुष्टि, तत्काल सरकारमा सहभागी नहुने

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 462
    SHARES

    विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।

    केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।



    सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ ।



    माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ । आइतबार साँझ सत्तारुढ दलहरूको बैठकले प्रदेशको भागबण्डा गरेको थियो ।

    उक्त भागबण्डामा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन ।

    एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार