Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या घटाउने, मितव्ययिता कायम गर्ने

    प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या घटाउने, मितव्ययिता कायम गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 462
    SHARES

    विराटनगर । नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने निर्णय गरेको छ ।

    सपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले हाल रहेको १३ वटा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।



    विनाविभागीय मन्त्री भक्तिप्रसाद सिटौलाका अनुसार मन्त्रालय र मन्त्रीहरू धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर ९ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरू गर्ने निर्णय गरिएको छ ।



    बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ ।

    यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने पनि निर्णय गरिएको मन्त्री सिटौलाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार