Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनकपुरलाई फाईनलमा स्थान बनाउँन १६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य

    जनकपुरलाई फाईनलमा स्थान बनाउँन १६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 492
    SHARES

    काठमाडौं । विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई फाइनलमा पुग्न १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

    टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो।



    विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए । राज नाननले ३३ रन बनाउँदा हुसेन तलत ३१ रनमा आउट भए ।



    अमरसिंह राउटेलाले छक्का हान्दै पहिलो ईनिङ सकेका थिए ।

    जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १/१ विकेट लिए ।

    दोस्रो क्वालिफारमा पहिलो क्वालिफाईनमा पराजित जनकपुरले इलिमिनेटर खेलको विजेता विराटनगरसँग खेलिरहेको छ ।

    यस खेलको बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार