Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी-२० लिग : विजेताका लागि बिराटनगर र लुम्बिनी भिड्ने

    नेपाल टी-२० लिग : विजेताका लागि बिराटनगर र लुम्बिनी भिड्ने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 888
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

    मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो ।



    पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।



    लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार