Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै एमालेका रावल

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै एमालेका रावल

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 393
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका राजेन्द्रसिँह रावलले आज दाबी पेस गर्दै छन् । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका रावलले सरकारको नेतृत्वका लागि दाबी पेस गर्न लागेका हुन् ।

    सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ ।



    सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । केन्द्रको सहमतिअनुसार यहाँ एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ ।



    यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार