Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विराटनगरलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिग

    विराटनगरलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिग

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 588
    SHARES

    काठमाडौं । विराटनगर सुपर किंग्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।

    त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो ।



    फाइनलमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि अर्जून साउदले सर्वाधिक ३४ रन तथा पृथु बास्कोटाले ३१ रन बनाए ।



    लुम्बिनीका सागर ढकाल र हरमित सिंहले २-२ तथा विपुल शर्मा र किशोर महतोले १-१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो ।

    लुम्बिनीका लागि लाहिरु मिलान्थाले ४१, हरमित सिंहले ३० तथा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन बनाए । विराटनगरका लागि राज ननन र नन्दन यादवले २-२ विकेट तथा हुसेन तलत, केयोन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले एक-एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार