Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बन्द हुँदै एकता कपूरको टेलिशृंखला ‘नागिन ६’

    बन्द हुँदै एकता कपूरको टेलिशृंखला ‘नागिन ६’

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतीय टेलिशृंखला ‘नागिन ६’ बन्द हुने भएको छ । शोकी निर्माता एकता कपूरले आधिकारिक रूपमा ‘नागिन ६’ प्रसारण बन्द गर्ने घोषणा गरेकी हुन्।

    उनले आफ्नो इन्स्टाग्राममा नागिनको प्रोमो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी एक लोकगीत सप्ताह शो ल्याउँदै छौं। त्यसैले भारतमा मन पराइएको शोलाई बिदाइ गर्ने समय आएको छ। नागिन ६ ले सिजन १ को जस्तै लोकप्रियता कमायो। यसको लागि सबैलाई धन्यवाद!’



    शो फेब्रुअरीको अन्तिम साताबाट बन्द हुनेछ। ‘नागिन ६’ मा तेजस्वी प्रकाश मुख्य भूमिकामा छिन्। एकताले तेजस्वीलाई ‘बिग बोस १५’ बाट छनोट गरेकी थिइन्।



    ‘बिग बोस १५’ को फाइनलमा नागिन ६ को घोषणा गरिएको थियो। तेजस्वी ‘बिग बोस १५’ की विजेता समेत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार