Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाह मुद्दाको फैसला पेशी न्यायाधीश आचार्यको इजलासमा

    पल शाह मुद्दाको फैसला पेशी न्यायाधीश आचार्यको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं। नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ।

    न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ।



    पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन्। तनहुँ अदालतको फैसलापछि पल कति जेल बस्नपर्ने भन्ने टुंगो लाग्नेछ।



    एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। यही आरोपको मुद्दा नवलपुर जिल्ला अदालतमा पनि दर्ता भएको थियो।

    जिल्ला अदालतले नवलपुरले भदौ २१ गते फैसला गर्दै उनलाई बलात्कारको आरोपमा सफाइ दिएपनि बाल यौन दुरुपयोगकको कसुरमा अढाई वर्ष जेल सजायको फैसला भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार